ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु, उपप्रमुखमा एमालेकी शाक्य
काठमाडाैं | जेठ १०, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।
नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो ।
२०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो ।
उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभयो । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित हुनुभएको हो ।
अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...