बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर
तनहुँ | जेठ १०, २०७९
दमौलीः व्यास नगरपालिका ५ तल्लो गुणादीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
ग २० प ६३३६ नम्बरको स्कुटरलाई पोखराबाट विराटनगर जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ठक्कर दिँदा भिमाद नगरपालिका २ का ४० वर्षिया पवित्रा थापाको ज्यान गएको हो ।
ज्यान गुमाएकी थापाको दमौली अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ ।
स्कुटर चालक उनका २० वर्षिया छोरा सुशिर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा पठाइएको छ ।
पर्वत: मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिका...
सोलुखुम्बु: विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या...
काठमाडौं: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौ...