नवौं राष्ट्रिय खेलकुद: पदकविजेता खेलाडीलाई पोखरा महानगरकाे सम्मान

पाेखरा | कात्तिक २५, २०७९

नवौं राष्ट्रिय खेलकुद: पदकविजेता खेलाडीलाई पोखरा महानगरकाे सम्मान

पोखरा:  गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको हो ।


स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कांस्य पदक विजेता खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो । उनीहरूलाई क्रमशः नगद रु।१५ हजार, रु।१० हजार र रु।५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ३६ जना टिम म्यानेजर र ४० जना प्रशक्षिकहरुलाई समेत सम्मान गरिएको छ । यसअघि पहिलो चरणमा ३९ जना खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो । 


उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिना, पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्ग लगायतले सम्मान प्रदान गर्नुभएको हो । 


महानगरपालिकाका प्रमुख आचार्यले खेलाडीहरूलाई प्रदान गरिएको रकम सानो भए पनि खेलाडीहरूको हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । खेलाडीहरूको खेल जीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
 

‘खेलाडीहरूको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न हामी सदैव सकारात्मक छौँ, स्वस्थ महानगर निर्माणको अभियानमा खेलाडीहरूको महत्त्वपूर्ण योगदान रहन्छ, प्रमुख आचार्यले भन्नुभयो, खेल जीवनका दौरानमा, खेलकुदलाई अगाडी बढाउने विषयमा कुनै पनि समस्याहरू आइपरे महानगरको खेलकुद विकास समिति पनि छ, महानगरपालिका यहाँहरूको साथमा छ, यहाँहरूले आ९आफ्नो वडामा पनि सम्पर्क गर्न सक्नुहुनेछ, हामीले सक्ने सहजीकरण इमानदार पूर्वक गर्नेछौँ ।’ राष्ट्रका गहनाका रूपमा विकसित खेलाडीहरूको खेलजिवन थप उपलब्धि मूलक बनाउने सन्दर्भमा आवश्यक सहकार्यका लागि महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।


आफूहरू पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा रहेको बताउँदै उहाँले खेल पर्यटन प्रवर्द्धन सहित यहाँ आवश्यक पूर्वाधारहरू निर्माणमा समेत जोड दिनुभयो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागिएको टुर दि पोखरा कार्यक्रमका क्रममा आगामी पौष ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता २०७९ समेत गरिने उहाँले जानकारी दिनुभयो ।


पोखरा १७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकल यात्रीहरूको सहभागिता रहनेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्