‘देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य’: उम्मेदवार गुरुङ

पाेखरा | कात्तिक २०, २०७९

‘देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य’: उम्मेदवार गुरुङ

 

पोखरा । कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका छन् । मादी गाँउपालिका वडा नम्वर ८ पाखुरीकोटमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धन सरकारले देशमा समस्या मात्रै सिर्जना गरेको उल्लेख गर्दै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका हुन् ।


नेकपा एमाले कास्की जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार गुरूङले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको स्पष्ट पारे । उनले एमाले सबैको साझा पार्टी भन्दैै सूर्य चिन्हमा मत दिएर अत्यधिक बहुमतले विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् । 


अन्य राजनीति पार्टीभन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेका बताउँदै उनले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दावी गरे ।


नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उक्त क्षेत्रमा उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्