नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आजबाट जिल्ला भ्रमण सुरु
पाेखरा | कात्तिक १६, २०७९

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ ।
प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण सुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।
नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन् ।
उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट बिरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिबिधी रोक्न नेता सिवाकोटीले आग्रह गरे ।
नेता सिवाकोटीले त्यस्ता ब्यत्तिहरुको बारेमा गाउँ तह हुदै जिल्लाबाट केन्द्रिय कमिटीमा समेत कुरा आईपुगेको जानकारी गराउदै अरुको उत्साहटमा लागेर पार्टीलाई क्षति पु¥याउने काममा नलाग्न आग्रह गर्दै त्यस्तो गरेको पाइएमा पार्टी सदस्य समेत नरहने गरी कारवाही हुने जानकारी दिए ।
नेपाली काँग्रेसले संघमा ७४ सिटमा र प्रदेशमा पनि आधा भन्दा कम सिटमा सिमित भएर चुनावमा होमिनु र गठबन्धन बनाउनुको मुख्य कारण पटक पटक संविधानको उल्लघंन गर्दै प्रतिनिधी सभा विघटन गर्ने र संविधान च्यात्ने काम केपी ओलीले गरेको कारण यो जनमतकालागि गठवन्धनको निर्माण भएको बताए ।
कार्यक्रममा सहभागी हुन आएका नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गोरखाको चुनावमा प्रदेश साथमा रहेको सन्देश दिन आएको भन्दै हिजोसम्मका जनप्रतिनिधी सेवक हुन नसकेको तर गठबन्धनबाट चुनिएका सबै प्रतिनिधी तपाई हाम्रो सेवक हुने बताए ।
सभापति शर्माले हिजो समस्या लिएर जनता नेताका धाउने प्रचलन भएता पनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउने बताए । ‘यो भन्दा पहिलो समस्या बोकेर हामी उनिहरुकोमा जानु पथ्र्यो’ भन्दै सभापति शर्माले भने ‘अब हाम्रो समस्या बुझ्न उनीहरु हाम्रो घरमा आउनेछन् ।’
सभापति शर्माले नेपाली काँग्रेस प्रदेशले एउटा संकल्प लिएर आएको जानकारी दिदै ‘अब हामीले ब्यक्ति केन्द्रित बिकासलाई प्रार्थमिकता नदिने हो भने देशको विकास नहुने’ भन्दै ‘देशको बिकास गर्न ब्यक्तिसंग भएको क्षमतालाई फ्लो गर्ने, ब्यक्तिको समस्यालाई संबोधन नगरी ब्यक्तिको जिवनमा परिवर्तन नआउने । ब्यक्तिको जिवनमा परिवर्तन नआइकन बिकासको अनुभुती नहुने रहेछ’ शर्माले भने ।
सभापति शर्माले अबको ५ बर्ष भित्र चुनाव जितेर गएकाहरुले जनताको जिवन शैलीमा कती परिवर्तन आयो भनेर जनताकै घरदैलोमा पुगेर सोध्न आउने बातावरणको र्सिजना गरिएको पनि बताए ।
त्यसैगरी उनले राष्ट्र बनाउनको लागि व्यक्तिले आफू भित्र रहेको अपार क्षमताको सदुपयोग गरेर अगाडी बढ्न सकेमा समाज र राष्ट्रको विकास हुने जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा प्रदेशका सभापति शर्माले गण्डकी प्रदेशको संकल्प पत्र र झण्डा गोरखाका पार्टी सभापति नन्दलाल न्यौपानेलाई हस्तान्तरण गरेका थिए भने नेपाली कांग्रेस गण्डकी प्रदेश सुचना, सञ्चार तथा प्रचार–प्रसार विभागमा गोरखाका कैलाश वावु श्रेष्ठ र लमजुङका ऋषि अधिकारीलाई मनोनित गरिएको थियो ।
पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधवप्रसाद बास्तोला, नेपाली काँग्रेस प्रचार प्रसार विभाग गण्डकी प्रदेशका उप–प्रमुख शिरोमणी बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य पूर्णबहादुर दाहाल, बिनाकुमारी श्रेष्ठ, नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघका सभापति चन्द्रकिशोर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा, सदस्य जानुका अधिकारीका साथै कार्यकताहरुको समेत उपस्थिती रहेको थियो ।
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजि...
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...