पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ: डा महत

पाेखरा | कात्तिक १६, २०७९

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ: डा महत

 

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी  मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको छ । 


नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भन्नुभयो,“राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स  व्यापक मात्रामा विस्तार भए, अब कांग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ”, नेता महतले भन्नुभयो । 


अघिल्लो सरकारले फुस्रा आश्वासन मात्र दिएर काम केही नगरेको र कोभिडको समयमा समेत भ्याक्सिन छिटो ल्याउनुपर्नेमा कमिसनको चक्करमा लाग्दा जनताले समयमा भ्याक्सिन नपाएको नेता महतको आरोप थियो । 


पछिल्ला दिनमा अन्य पार्टीभन्दा कांग्रेस नै ठिक भनेर जनता कांग्रेसप्रति आकर्षित भएको उहाँको भनाइ थियो ।  संविधानको रक्षा, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने भनाइ उहाँको छ ।


देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लाग्न कांग्रेसका नेता तथा कार्यकर्तालाई उहाँले आग्रहसमेत गर्नुभयो । “सबै पार्टीलाई सिट बाँड्दा कांग्रेसले सबै सिटमा उम्मेदवार उठाउने कुरा आएन, कांग्रेसभित्र एक से एक नेता उम्मेदवार हुन लायक छन्, अहिले टिकट पाइन भनेर असन्तुष्ट बन्न भएन”, नेता महतले भन्नुभयो,“म आफैको प्रत्यक्ष निर्वाचन लड्ने चाहाना हुँदाहुँदै  लड्न पाइन् ।” 


पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “एक्लै चुनाव लडेर भन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धन रोज्नु परेको हो ।” संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उहाँको भनाइ थियो । 


प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको माग अनुसार संविधान संशोधन गर्ने कांग्रेसको लक्ष्य रहेको जानकारी पनि डा महतले दिनुभयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डीला सङ्ग्रौलाले निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने हुँदा आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । “काम गर्ने पार्टी कांग्रेस हो, तर जनतामाझ प्रचारप्रसार गर्न नसक्दा पछि परेका छौँ”, डा सङ्ग्रौलाले भन्नुभयो ।

पोखरा:   पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको  गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ ।  लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...

थप पढ्नुहोस्

गलकोट:   सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...

थप पढ्नुहोस्

पोखरा:  फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला सर्वसम्मत चयन भएका छन् ।  पोखरा–११, फुलबारीमा सम्पन्न भएको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनबाट बास्तोला अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसम...

थप पढ्नुहोस्