बुद्धजयन्तीमा सुखद् समाचारः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयो जजिरा

काठमाडाैं | जेठ २, २०७९

बुद्धजयन्तीमा सुखद् समाचारः  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयो जजिरा

भैरहवा- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

 

आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

 

जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उहाँले बताउनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।

 

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्