पोखरा महानगरको मतगणना जिसस र नगर विकासमा
कास्की | बैशाख २९, २०७९

पोखराः स्थानीय तह निर्वाचन–२०७९ अन्तरगत शुक्रबार मतदान हुँदैछ । मतदानसँगै अत्यावश्यकस्थत मानिने गणनास्थलकोसमेत तयारी भइरहेको छ । पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा मतदानपछि गतणनाका लागि आवश्यक तयारीसमेत गरिएको छ । गणनास्थलमा सिसीक्यामेरा र छेकबार लगाउने काम भइरहेको बताइन्छ ।
जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापकीय काम बुधबारदेखि सुरु भएको छ । सबै केन्द्रमा बुधबारसम्म मतदान अधिकृतलगायत खटिएका सबै कर्मचारी पुगेका छन् ।
मतदान केन्द्रका कर्मचारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नेबारेमा सर्वदलीय बैठक गरी गैरकानुनी क्रियाकलाप हुन नदिने र शान्तिपूर्ण मतदानको वातावरण बनाउने प्रतिबद्धता सम्बद्ध दलहरूले गरेका छन् ।
सबै केन्द्रमा मतदानस्थलको आवश्यक व्यवस्थापकीय काम भइरहेको छ । सबै केन्द्रमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।
जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ । जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन् ।
पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...