युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम
काठमाडाैं | चैत २७, २०७८
सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ।
युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जान दिइने श्रम स्वीकृतिलाई व्यवस्थित गरिएको जनाएको छ ।
वैशाख १ गतेदेखि लागू हुने गरी ती देश जाने नेपालीले मागपत्र प्रमाणीकरणका लागि नियोगबाट स्वीकृति लिनु पर्नेछ। आजको कारोबार दैनिकमा समाचार छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

