विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त

काठमाडाैं | चैत २७, २०७८

विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त भएका हुन्। पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए।

अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन्। राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताए।

पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो।

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्