जिम्न्यास्टिक महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबलको प्रतिस्पर्धा
पाेखरा | कात्तिक १, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २० औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता पोखरा रंगशालामा जारी छ । महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबुलको प्रतिस्पर्धा भइरहेको छ ।
ग्राउन्ड फ्लोरको पहिलो चरणको प्रतिस्पर्धा सकिएको छ भने दोस्रो चरणको प्रतिस्पर्धा हुन बाँकी रहेको जज राजेशमान श्रेष्ठले जानकारी दिए । महिलातर्फका खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरी चार मेडल प्राप्त गर्नेछन् ।
पुरुषतर्फ प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स र होराइजेन्टल बारको प्रतिस्पर्धा सकिएको छ । ग्राउन्ड फ्लोर र भल्टिङ हर्सको प्रतिस्पर्धा भइरहेको श्रेष्ठले बताए ।
ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरी आठ खेलको मेडल प्राप्त गर्नेछन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

