कबड्डीमा लिग चरणका १२ खेल हुँदै

पाेखरा | कात्तिक १, २०७९

कबड्डीमा लिग चरणका १२ खेल हुँदै

 

पोखरा: कबड्डी प्रतियोगितामा आज (मंगलबार) पनि महिला तथा पुरुष विधामा लिग चरणका ६÷६ खेलहरु हुँदै छन् । 


जसअन्र्तगत महिलातर्फ प्रदेश १ र कर्णाली प्रदेश, त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लब र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश १ र गण्डकी प्रदेश र अन्तिम खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आम्नेसाम्ने हुनेछन् । 


पुरुषतर्फ बागमती प्रदेश र मधेश प्रदेश, आर्मी र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल, कर्णाली प्रदेश र प्रदेश नम्वर १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश र अन्तिम खेल नेपाल प्रहरी र गण्डकी प्रदेशका बीचमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए । 


यसअघि, सोमबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, आमी, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश विजयी भएका थिए ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, आर्मी, नेपाल प्रहरी, लुम्बिनी प्रदेश, बागमती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका थिए । 


लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा सात प्रदेश र ३ वटा विभागीय गरी १० टिमको महिला तथा पुरुष दुवै समूहमा सहभागिता रहेको छ । 
जस अन्र्तगत समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव, कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् । 


महिलातर्फ समूह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई विभाजन गरिएको छ । 


प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरिङमा जारी छ । 
 

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

थप पढ्नुहोस्