बैंकिङ कसुरमा फरार रहेकी हस्तीमाया बालाजुबाट पक्राउ

लमजुङ | बैशाख २७, २०७९

बैंकिङ कसुरमा फरार रहेकी हस्तीमाया बालाजुबाट पक्राउ

लमजुङ:   बैंकिङ कसुरमा फरार एक महिलालाई लमजुङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा दोर्दी गाउँपालिका ५, पाचोककी ३० वर्षीया हस्तीमाया गुरुङ रहेकी छिन्र  ।  उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार उच्च अदालत, पाटनले २०७८ वैशाख ८ गते र फागुन २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा ३ लाख ९४ हजार रुपैयाँ जरिवाना र ३ दिन कैदको सजाय कायम हुने फैसला गरेको थियो ।

 

फरार हस्तीमाया काठमाडौंमै लुकेर बसेको भन्ने सूचनाको आधारमा लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले स्थानीय प्रहरीको समन्वयमा शनिबार पक्राउ गरेको र मंगलबार जिल्ला अदालतमा पेश गर्दा जरिवाना रकम दाखिला गर्न नसकेको र ३ दिनको कैद फैसलाअनुसार गरी ३ वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्