ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि

पाेखरा | असोज २९, २०७९

ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्ट टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि हुँदैछ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ । 

महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ । दुवै सेमिफाइनल बिहान ७ बजे खेलाइने छ । 

 

यस्तै पुरुष टिम इभेन्टतर्फको सेमिफाइनलमा बिहान ८ बजे भित्रुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । सेमिफाइनलको दोस्रो खेलमा एनआरएनएको टोलीले एपीएफसँग खेल्ने तालिका छ । दुवै टिम इभेन्टको फाइनल ११ बजे खेलाइने छ । 

 

पहिलो चरणमा के–के भयो ?

 

पहिलो दिनमा ब्याडमिन्टनको टिम इभेन्टतर्फ १४ खेल भएका थिए । महिला टिम इभेन्टतर्फ पहिलो चरणका खेलमा कर्णाली र बागमती, मधेस र एनआरएनए, नेपाल पुलिस क्लब र गण्डकी, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश खेलेका थिए ।

 

पहिलो चरणमा बागमतीलाई हराउँदै कर्णाली, मधेसलाई हराउँदै एनआरएनए, गण्डकीलाई हराउँदै नेपाल पुलिसले हराउँदै दोस्रो चरणमा पुग्न सफल भए । बाइ पाएका त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच भएको खेलमा आर्मी क्लब विजयी बन्दै सेमिफाइनल पुग्न सफल भयो । 

 

महिला टिम इभेन्टको दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल भएको थियो । दोस्रो चरणको दोस्रो खेलमा एनआरएनए र प्रदेश १, तेस्रो खेलमा नेपाल पुलिस र एपीएफबीच खेल भएको थियो । दोस्रो चरणबाट सुदूरपश्चिम, प्रदेश १ र एपीएफ सेमिफाइनलमा पुग्न सके । 

 

पुरुष टिम इभेन्टको पहिलो चरणको पहिलो खेलमा कर्णाली र गण्डकी प्रदेश खेलेका थिए । त्यसमा जित निकाल्दै गण्डकी दोस्रो चरणमा पुगेको थियो ।

 

पहिलो चरणकै अर्को खेलमा एनआरएनएले प्रदेश १, लुम्बिनीले मधेस प्रदेशलाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सके । दोस्रो चरणमा गण्डकी नेपाल पुलिससँग स्तब्ध बन्दा सुदूरपश्चिमलाई हराउँदै एनआरएनए सेमिफाइनल पुग्न सक्यो ।

 

यस्तै लुम्बिनीलाई हराउँदै एपीएफले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो । बाइ पाएका त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेलमा बागमतीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश ग¥यो । 


पहिलो खेलमा कर्णाली र बागमती प्रदेश भिडेका थिए । सो खेलमा कर्णालीले बागमतीलाई २–० को सेटमा हराएको थियो । कोर्ट २ मा खेलाइएको मधेस प्रदेश र एनआरएनएबीचको खेलमा एनआरएनएले २–० को सोझो सेटमा हरायो । 

 

महिला टिम इभेन्टतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई हरायो । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्