स्थानीय तहका प्रत्यासी उपमेयर र वडाध्यक्षका उम्मेदवारको मृत्यु

काठमाडाैं | बैशाख २७, २०७९

स्थानीय तहका प्रत्यासी उपमेयर र वडाध्यक्षका उम्मेदवारको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । उहाँको गएराति निधन भएको हो ।

 

अचानक बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो । कर्मीको हृदयघातका कारण निधन भएको बताइएको छ ।

 

कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ । उपमेयरको निधन भएको कारण याहँको निर्वाचन वैशाख ३० मा नगरी केही समयपछि हुने सम्भावना रहेको छ । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनु भएको थियो ।

 

यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारक्रममा चौधरीको मृत्यु भएको हो । लामो समय देखि कलेजोको बिरामी भएका उहाँको गएराति मृत्यु भएको एमाले तुलसीपुर अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

 

चुनाव प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । २०७४ को स्थानिय तह निर्वाचनमा चौधरी तुलसीपुर १७ को वडा सदस्य बिजयी हुनुभएको थियो ।-

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्