स्थानीय तहका प्रत्यासी उपमेयर र वडाध्यक्षका उम्मेदवारको मृत्यु
काठमाडाैं | बैशाख २७, २०७९
कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । उहाँको गएराति निधन भएको हो ।
अचानक बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो । कर्मीको हृदयघातका कारण निधन भएको बताइएको छ ।
कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ । उपमेयरको निधन भएको कारण याहँको निर्वाचन वैशाख ३० मा नगरी केही समयपछि हुने सम्भावना रहेको छ । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनु भएको थियो ।
यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारक्रममा चौधरीको मृत्यु भएको हो । लामो समय देखि कलेजोको बिरामी भएका उहाँको गएराति मृत्यु भएको एमाले तुलसीपुर अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।
चुनाव प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । २०७४ को स्थानिय तह निर्वाचनमा चौधरी तुलसीपुर १७ को वडा सदस्य बिजयी हुनुभएको थियो ।-
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

