थप सेवा सहित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिल सञ्चालनमा

पाेखरा | असोज १३, २०७९

थप सेवा सहित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिल सञ्चालनमा

पोखरा :  पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल थप सेवा सहित सञ्चालनमा आएको छ । थप सेवा विस्तार गर्न करिब ३ महिना देखी बन्द थियो । छिटै आउन लागेको विश्वकप फुटबल प्रतियोगिता लक्षित गरेर ठाउँ ठाउँमा ठुला स्किन सहित थप सेवा विस्तार गरेको हो ।

 

जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । बारमा करिब ५ सय जना एकै पटक सेवा दिन सक्ने गरी सेवा विस्तार गरेको बारका म्यानेजर हरि पौडेलले जानकारी दिए ।

 

बारमा थप एउटा बालकोनी, फेवाफन्टलाई अझ आक्रर्षण थप गरेको पौडेलले बताए । ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्ने बताए । बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन् । ग्राहकहरूको विशेष मनोरञ्जनका लागि हरेक बेला बेला ख्यातिप्राप्त ब्यान्डका चर्चित कलाकारहरूको प्रस्तुति समेत चलाउदै आएको छ ।

 

‘फुड, ड्रिङ र म्युजिक’ सहित खेलकुद तथा परिवारिक वातावरण चाहनेहरूलाई लक्षित गरी थप सेवा सहित सञ्चालनमा ल्याएको सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए । उनले सेवा थप गर्दा करिब २ करोड लगानी गरेको उनको भनाई छ । नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुलाई स्पोर्ट्स बार एन्ड ग्रिलले स्थतरी सेवा प्रदान गरेको उनको भनाई छ ।

 

बारभित्रै पुल टेबल, डार्ट गेम, चेस लगायतका खेलहरू खेल्न मिल्ने  व्यवस्था मिलाइएको उनको भनाई छ । बारमा जन्मदिन, म्यारिज एनिभर्सरी, प्राइभेट पार्टी आदिका लागि विशेष व्यवस्था समेत गरेको गरिएको छ । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।

काठमाडौं:  जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ ।  यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने...

थप पढ्नुहोस्

नवलपरासी:   गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...

थप पढ्नुहोस्

काठमाडौं:  भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

थप पढ्नुहोस्