कुमार खड्काले गर्दा गतिलो मन्त्रालय पाइँनः मन्त्री थापा
पाेखरा | असोज १३, २०७९
पोखराः गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले अर्का मन्त्री कुमार खड्काकारण आफुले कानून मन्त्रालयमा चित्त बुझाउनु परेको गुनासो गरेका छन् ।
मन्त्री थापाले आज पोखरामा सांसद र मन्त्रीमा बहाल रहँदा पाएको तलबभत्ता सार्वजनिक कार्यमा खर्च गरेको हिसाब देखाउनेक्रममा उक्त धारणा राखेका हुन् । कांग्रेस कास्कीमा शक्ति संघर्ष गरिरहेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्का र मन्त्री थापाबीच पछिल्लो समय झनै दूरी बढेर गएको छ ।
पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले गठबन्धन सरकार निर्माणकाक्रममा पार्टी अध्यक्ष शेरबहादुर देउवासमक्ष खड्काको खेलेको भूमिकाले आफु कानूनमन्त्रीमा खुम्चन परेको तीतो पोखे । ‘मेरो चाहना अरु नै मन्त्रालय थियो’ थापाले भने ‘काम देखाउनेखालको प्रभावकारी मन्त्री बन्नबाट रोक्न उनले अस्वस्थ राजनीति गरे ।’
पछिल्लो समय खड्काले गूटगत भेला गरी मुख्यमन्त्रीको टिकट पाउन चलखेल गरेकोप्रति थापाले त्यसलाई ‘अस्वस्थ’ र ‘अनावश्यक गतिविधि’ भनि टिप्पणी गरे । खड्काको गतिविधिप्रति इंगित गर्दै थापाले ग्रुपिज्मको विरोध गरेका हुन् ।
‘मैले उहाँ (कुमार खड्का)मात्र हैन, कसैलाई पनि बिझाउने काम गरेको छैन’ थापाले भने ‘तर उहाँ कोठेभेला गर्दै मेरा विरुद्ध किन लाग्नुभएको छ, मैले बुझ्न सक्या छैन ।’
त्यस्तै, अर्काे प्रसंगमा मन्त्री थापाले पछिल्लो बजेटमा करसम्बन्धी विवादको जवाफ दिएका छन् ।
सरकारले करको दर नभई दायरा बढाउन खोजेको जानकारी दिँदै अर्थमन्त्रीकाकारण विवाद निम्तिएको प्रष्ट्याए । ‘मुख्यमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुनुपर्ने रहेछ’ उनले भने ‘त्यसो नहुँदा करमा विवाद बढ्यो ।’
जनस्तरबाट व्यापक विरोध भएपछि पनि अर्थमन्त्रीले चासो नदिँदा गत शुक्रबार मुख्यमन्त्रीले हस्तक्षेप गरी केही महत्वपूर्ण क्षेत्रको करको दर घटाएको उनले जनाए । अर्थमन्त्रीले चुनावको मुखमा कर बढाएर सरकारलाई अलोकप्रिय बनाउन उद्दत देखिएकाले मुख्यमन्त्रीले हस्तक्षेप गरेको उनले स्पष्ट पारे ।
त्यस्तै, यस ५ वर्षमा आफु सांसद हुँदै मन्त्रीसम्म बन्न सफल भएकोमा उनले मतदातालाई धन्यवादसमेत व्यक्त गरे । अबपनि राजनीतिक यात्रा निरन्तर रहने बताउँदै थापाले आफु पनि टिकटको आकांक्षी रहेको र पार्टीले पक्कै मुल्यांकन गर्ने आशा पोखे ।
मन्त्री थापाले सार्वजनिक गरेको हिसाबअनुसार ५ वर्षमा बैठक भत्ता र पारिश्रमिकवापत ४० लाख ७१ हजार २ सय ४९ प्राप्त भएको र त्यसमा थप गरी कूल ५८ लाख २९ हजार ६६ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

