दिल्लीमा उपचाररत पुनलाई पोखरा भलिबल प्रशिक्षणको सहयोग

पाेखरा | असोज ८, २०७९

दिल्लीमा उपचाररत पुनलाई पोखरा भलिबल प्रशिक्षणको सहयोग

कास्की:  पोखरा महानगरपालिका ३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रले ब्लड क्यान्सर पीडित मनकुमारी पुनलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

 

प्रशिक्षण केन्द्रको आयोजना तथा छन्त्याल युवा संघको सह–आयोजनामा सम्पन्न क्लबस्तरीय पुरुष तथा महिला प्रतियोगिता २०७९ मा संकलित रकममध्ये नगद रु २० हजार सहयोग हस्तान्तरण गरेको हो । 

 

नगद हस्तान्तरण गर्दै प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रशिक्षक मनोज खड्का, छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्याल, सचिव नवीन छन्त्याल लगायतले पुनको आफन्त भिमा घर्तीमगरलाई सो रकम हस्तान्तरण गरे । 

 

सो अवसरमा बोल्दै पुनको स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेको निवर्तमान अध्यक्ष कुशल छन्त्यालले बताए । उनले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने बताउदै छन्त्याल युवा संघ दुखको सारथी बन्ने धारणा राखेका थिए । 

 

यसैगरि प्रशिक्षण केन्द्रका सञ्चालक तथा भलिबल प्रशिक्षक मनोज खड्काले गत वर्ष मृगौला पीडित सुरज गुरुङलाई आर्थिक सहयोग गरेको स्मरण गरे ।

‘हामीले प्रतियोगिता गरेर संकलन भएको रकमको केही हिस्सा सामाजिक कार्यमै खर्च गर्ने निर्णय थियो, उनले भने, ‘त्यही अनुरुप यसवर्ष हामीले ब्लड क्यान्सर भएर उपचाररत रहनुभएकी मनकुमारीलाई सहयोग गरेको हौं ।’

 

यसैगरि छन्त्याल युवा संघका सचिव नवीन छन्त्यालले खेलकुद क्षेत्रमा मात्र नभई विभिन्न सामाजिक कार्यमा सक्रियता रहदै आएको बताए । उनका अनुसार प्रशिक्षण केन्द्रको २० हजारसँगै पोखरा भलिबल प्रशिक्षण केन्द्रका सल्लाहकार सुनिल मगरले नगद रु ५ हजार र देविस्थान घर्थोकका शेरबहादुर घर्तीमगरले १५ हजार सहयोग गरेका थिए । 

 

मालिका गाउँपालिका २ रुम (बिल्बाङ्ग) म्याग्दीकी मनकुमारी पुनको नयाँ दिल्लीकोस्थित राजीव गान्धि क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको उनकी आफन्त भिमा घर्तीमगरले जानकारी दिइन् । उनका अनुसार पुनले जनजागृति आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन् ।

 

पुनको उपचारको क्रममा करिब ३० लाख सकिसकेको बताउदै घर्तीमगर अझै ५० लाख भन्दा बढी खर्च लाग्ने बताइन् ।

 

उनले पुनको थप उपचारका लागि सहयोग गर्नसमेत आग्रह गर्दै भनिन्, ‘तपाइहरुपनि उहाँको उपचारका लागि केही सहयोग गर्न चाहनुहुन्छ भने गरिमा विकास बैंकको (सिमा पुन) खाता नम्बर ०२१०१७००८१३४९००००००१ मा जम्मा गर्न सक्नुहुनेछ ।’

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्