पोखरामा खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बेच्नेलाई तिराइयो जरिवाना

पाेखरा | असोज ७, २०७९

पोखरामा खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बेच्नेलाई तिराइयो जरिवाना तस्बिर फाइल

पोखरा :   जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका १३ वटा मासु पसललाई कारवाही गरेको छ । 

 

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले १३ वटा पसललाई जनही ५ हजारका दरले ६५ हजार जरिवाना गरेको जानकारी दिए ।  

 

जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च गण्डकी र पत्रकारको टोलीले असोज ४ गते पोखराका ३२ वटा फ्रेस हाउस अनुगमन गर्दा १३ वटा पसललाई जनही ५ हजारका दरले कारवाही गरेको हो ।

 

कोइरालाका अनुसार अनुगमनका क्रममा पोखराका केही पसलहरुले खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बिक्री गरेको पाइएको थियो । 

 

अनुगमनको क्रममा केही पसलमा राखिएका मासुको गुणस्तर पनि कमजोर रहेको पाइएकाले २ दिनभित्र पसल सुधार गर्न समय दिएको थियो । यसरी नियमावली र मापदण्ड पालना नगर्ने मासु पसलका सञ्चालकहरुलाई स्पष्टिकरणसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा जरिवाना गरिएको मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । 

 

‘अनुगमनकाक्रममा कतिपय पसल दर्तै नभएको पाइयो, कतिले नियमावली पालना गरेका रहेनछनु’ अध्यक्ष कोइरालाले भने ‘पसल दर्ता गर्न ३ दिनको समय दिएको छ, त्यो समयभित्र दर्ता प्रक्रियाको क्रममा नगए थप कारवाही हुनेछ ।’

 

प्रशासनले उपभोक्ता संरक्षण ऐन अन्र्तगत रहेर कारवाही गरेको उल्लेख गरेको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्