पोखरामा खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बेच्नेलाई तिराइयो जरिवाना
पाेखरा | असोज ७, २०७९
तस्बिर फाइल
पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका १३ वटा मासु पसललाई कारवाही गरेको छ ।
उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले १३ वटा पसललाई जनही ५ हजारका दरले ६५ हजार जरिवाना गरेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च गण्डकी र पत्रकारको टोलीले असोज ४ गते पोखराका ३२ वटा फ्रेस हाउस अनुगमन गर्दा १३ वटा पसललाई जनही ५ हजारका दरले कारवाही गरेको हो ।
कोइरालाका अनुसार अनुगमनका क्रममा पोखराका केही पसलहरुले खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बिक्री गरेको पाइएको थियो ।
अनुगमनको क्रममा केही पसलमा राखिएका मासुको गुणस्तर पनि कमजोर रहेको पाइएकाले २ दिनभित्र पसल सुधार गर्न समय दिएको थियो । यसरी नियमावली र मापदण्ड पालना नगर्ने मासु पसलका सञ्चालकहरुलाई स्पष्टिकरणसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा जरिवाना गरिएको मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।
‘अनुगमनकाक्रममा कतिपय पसल दर्तै नभएको पाइयो, कतिले नियमावली पालना गरेका रहेनछनु’ अध्यक्ष कोइरालाले भने ‘पसल दर्ता गर्न ३ दिनको समय दिएको छ, त्यो समयभित्र दर्ता प्रक्रियाको क्रममा नगए थप कारवाही हुनेछ ।’
प्रशासनले उपभोक्ता संरक्षण ऐन अन्र्तगत रहेर कारवाही गरेको उल्लेख गरेको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

