चितवनमा लागुऔषधिसहित छ जना पक्राउ

चितवन | असोज ५, २०७९

चितवनमा लागुऔषधिसहित छ जना पक्राउ तस्बिर फाइल

चितवन  :  चितवन प्रहरीले लागुऔषध खैरो हेरोइनसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१५ सूर्यनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरो हेरोइनजस्तो देखिने १० ग्राम पाँच सय मिलीग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाका साथबाट स्टिलको थाल दुई थान, १० वटा अर्ध जलेको अवस्थामा रु पाँचको नोट, लाइटर चार थान,  १२ खिल्ली चुरोट, टुक्रा पारेको अवस्थाको ब्लेड आठ टुक्रा, सिक्का तीनवटा, एक सय ५५ पुरियामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।


 
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ बस्ने वर्ष २२ का सन्तोष परियार, वडा नं १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लमजुङ घर भई हाल भरतपुर २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर-१५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली नपा-१५ घर भई हाल भरतपुर-१५ बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री र भरतपुर-२७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेका छन् ।

काठमाडौं:  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...

थप पढ्नुहोस्

पोखरा:  इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  &nbs...

थप पढ्नुहोस्