१५ वर्षपछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा नयाँ नेतृत्व, अध्यक्षमा चुनिए विक्रम

पाेखरा | असोज ४, २०७९

१५ वर्षपछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा नयाँ नेतृत्व, अध्यक्षमा चुनिए विक्रम

पोखरा  :  पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०/११ रोधी क्लब घान्द्रुकको सामुदाय भवनमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई नयाँ नेतृत्वमा चयन गरेको हो ।

 

गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी अमृत लामा गुरुङले जानकारी दिए  । 


उनका अनुसार सो समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सह-सचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन भए ।


यसैगरि सदस्यहरुमा रामकुमारी दर्जी, मनोज गुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमल बहादुर गुरुङ र अक्षा रसाईली रहेकी छिन् ।  

 

सो कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्षसमेत रहेका अग्रज पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको बताए । उनले आगामी दिनमासमेत घान्द्रुकको विकास र पर्यटन प्रवद्र्धनको पक्षमा लाग्ने धारणा राखे ।

 

‘घान्द्रुक पर्यटकको रोजाईको केन्द्रबिन्दु हो, म लगायत समितिले गर्न सक्ने पूर्वाधार विकासमा केही काम गर्न सक्यौ, उनले भने, ‘अझै घान्द्रुकको थप विकासमा सबैको हातेमालोले आवश्यक छ ।’ 

 


कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।

पोर्चुगल:  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...

थप पढ्नुहोस्

काठमाडौं:  जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...

थप पढ्नुहोस्