संविधान दिवसको अवसरमा कास्कीमा २१ कैदीबन्दीको सजाय मिनाहा

पाेखरा | असोज ३, २०७९

संविधान दिवसको अवसरमा कास्कीमा २१ कैदीबन्दीको सजाय मिनाहा

पोखरा : जिल्ला कारागार कास्कीले सजाय भोगिरहेको २१ कैदीहरुलाई संविधान दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ । 

 

संविधान दिवसको अवसरमा कास्की कारागारबाट सजाय मिनाहामा हुनेमा  २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए ।


उनका अनुसारमा कैद मिनाहा हुनेमा बहुबिबाहमा २/२ जना महिला पुरुष, कर्तव्य ज्यानमा ८, सवारी ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, चोरीमा ३ र मुद्रामा १ जना रहेका छन् । कास्की कारागारमा हाल ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले कैद भुक्तान गरिरहेका छन् ।

 

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार  कास्कीबाट २१ जनाको सजाय मिनाहा गरेकी हुन् ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्