पोखरामा जुवा खेल्ने ८ जना पक्राउ
पाेखरा | भदौ २६, २०७९
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ बस्ने सूर्य कुमारी गुरुङको घरमा जुवा खेलिरहेका अवस्थामा नगद १ लाख ७ हजार २ सय ५५ रुपिया र २ सय ११ पत्ति तास सहित ८ जना व्यक्तिलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिक वडा नं.१३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, जिल्ला सर्लाही घर भई हाल जिल्ला कास्की पोखरा ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत, सोही स्थान बस्ने वर्ष ३५ को रूपक बस्नेत , बागलुङ जैमिनी नगरपालिका ७ घर भई हाल कास्की पोखरा ११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ३१ को सुर्य थापा, जिल्ला धादिङ निलकण्ठ नगरपालिका ४ घर भई हाल कास्की पोखरा ११ बस्ने वर्ष ३७ को रमेश ठकुरी, जिल्ला कास्की पोखरा १३ बस्ने वर्ष ४० को आश बहादुर गुरुङ र जिल्ला लमजुङ राईनाश नगरपालिका १० घर भई हाल जिल्ला कास्की पोखरा १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन् ।
नियन्त्रणमा रहेका दोषी व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

