संघलाई ठूला, साना सबैको साझा संस्था बनाउँछुः आचार्य
पाेखरा | भदौ २१, २०७९
पोखरा : २७ वर्ष देखि पोखरामा फेन्सी व्यवसायी गर्दै आएका बलराम आचार्यले भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा पवन प्रजापति प्यानलबाट महासचिव पदमा मनोनयन दर्ता गरेका छन् ।
२०६३ सालमा साधारण सदस्यता लिएका आचार्य २०७१–७३, ०७५–७७ कार्यसमिति सदस्य, ०७७–७९ कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
पोखराको विभिन्न संघसंस्थामा योगदान गरेका आचार्यले आफुलाई महासचिवको बलियो उम्मेदवारी दाबी गरेका छन् ।
यसै सन्दर्भमा सुुनगाभा न्यूजले आचार्यलाई सोधेको ५ प्रश्न :
–प्रजापति प्यानल नै किन ?
पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन कुमार प्रजापति संस्थापन पक्ष भएको र पदाधिकारीमा पुराना व्यवसायी भएको र आफु पाइपलाइन अनुसार आउँदा प्रजापति प्यानलमा अटाउनु स्वभाविक हो ।
यस प्यानलमा सबै पदाधिकारीहरु पाइपलाइन अनुसार नै आएका छन् । पोखरामा विभिन्न क्षेत्रमा पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई क्षेत्रको आधारमा, जातजातिको आधारमा, वर्गको आधारमा र व्यवसायको आधारमा प्यानल निर्माण भएको छ । त्यही पाइपलाइन अनुसार म महासचिवमा अटाए ।
– पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ?
झट्ट हेर्दा बाहिरका आम व्यवासायी र जनतामाझ दुई प्यानल खडा भएको छ । पवन प्रजापति भनेको वरिष्ठ उपाध्यक्ष अहिले स्वतः अध्यक्ष पदका दाबेदार हो । केही व्यवसायीहरु पाइपलाइन अनुसार जान सक्नुभएन, त्यसैले दुई प्यानल देखिएको हो ।
– एजेण्डाहरु के–के छन् ?
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा जाँदै गर्दा हामी ८५ प्रतिशत व्यवसायीहरु माँझ १७ बुदे प्रतिबद्धतापत्र सहित पुगेका छौं ।
हिजो २०११ सालमा संघको स्थापना हुँदा कस्तो अवस्थामा स्थापना भयो अब २०७९-८१ मा कस्तो बनाउने भन्ने मुल उद्धेश्य सहित व्यवसायीहरुको घरघरमा पुगिरहेका छौं । व्यवसायीहरुलाई प्रविधिमैत्री बनाउनु नै हाम्रो मुख्य एजेण्डा हुन् ।
प्रतिवद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्ने, व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रबद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने छ ।
सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमाइलोको रुपमा भन्दा पृथक किसिमले आयोजना गर्न सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने प्रतिबद्धता छ ।
संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान पुर्याउने हाम्रो प्रमुख एजेण्डा हो ।
– जित्ने आधारहरु के–के छन् ?
पोखराका व्यवसायीमध्ये ८५ प्रतिशतको घरमा आजको दिनसम्म पुगी सक्यौं । बाँकी व्यवसायीबीच पनि पुग्दैछौ । जति व्यवसायीहरुबीच पुग्यौ उहाँहरुले पुरानो अनुहार प्रजापति प्यानल भएको भन्दै शुभकामनासहित भोट हामीलाई दिने आश्वासन दिएकाले हामी ढुक्क छौं ।
हिजोका दिनहरुमा व्यवसायीहरुलाई समस्या पर्दा हामी नै अगाडी सरेका छौँ । अब हामी पोखरामा व्यवसायी गर्दै आउनुभएका व्यवसायीहरुको समस्यालाई समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गर्दै जाने प्रतिबद्धता सहित गएकाले हाम्रो प्यानलले चुनाव जित्छौं ।
– मतदातालाई केही भन्नु छ ?
पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुन्छ भनेर सम्पुर्ण व्यवसायीहरुलाई विभिन्न माध्यमबाट पत्राचार गरेका छौँ । तपाईहरुको घरदैलोमा मत माग्दै आएका छौँ । कुनै व्यवसायीहरुको घरमा आउन नसकेकाले क्षमा माग्दै पोखराका पुराना व्यवसायी पवन प्रजापतिको प्यानललाई भोट गर्न अपील गर्दछु ।
प्रस्तुती : बिबि रोकामगर
काठमाडौं: नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...
पोखरा: पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आज दन्त शिविर तथा दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको छ । पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रालिको सहयोगम...