पोखरामा बुधबारदेखि हुने पुरुष तथा महिला भलिबलको तयारी पुरा
पाेखरा | भदौ १९, २०७९
पोखरा : पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गर्ने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आगामी २२ देखि २५ गतेसम्म पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रम संयोजक मनोज खड्काले सो प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सो प्रतियोगितामा टिम दर्ताका लागि पुरुषतर्फ ६ हजार र महिला तर्फ ४ हजार रुपैयाँ निर्धारण गरिएको पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल)ले बताए ।
उनले सो प्रतियोगितामा भलिबल संघले मान्यता दिएको राष्ट्रिय खेल तथा एनभिए लिग खेलेका दुई जना खेलाडीमात्र टिममा समावेश गर्न पाइने जानकारी दिए ।
पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा पुुरुष तर्फ ३० र महिला तर्फ १५ समुहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
२०७३ सालमा स्थापना भएपनि पोखरा भलिबल प्रशिक्षण केन्द्रको यो तेस्रो संकरणको भलिबल प्रतियोगिता हो । सो क्लबले प्रतियोगिता सञ्चालन गरि गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई १ लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

