मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालीन अवतरण

पाेखरा | भदौ १९, २०७९

मुस्ताङ उडेको समिट एयरको जहाज  आपतकालीन अवतरण

पोखरा : आइतबार बिहान पोखराबाट मुुस्ताङको जोमसोमका लागि उडको समिट एयरको जहाजमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ । 

 

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा मुुस्ताङको जोमसोम उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपतकालीन अवतरण भएको हो । 


 
उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा प्रोब्लम (खराबीको संकेत)को जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए । तत्कालै पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका हुन् । ‘सामान्य खालकै अवतरण भएको हो, ग्राउन्डमा अरु त्यस्तो आपतकालीन तयारी पनि गर्नुपरेको होइन,’ सूचना अधिकारी सुवेदीले भने । उक्त जहाजमा १८ जना यात्रु थिए ।

 

जहाजमा ठूलै खराबी देखिँदा विमानस्थलमा दमकल लगायतको तयारीसहित आपतकालीन तैनाथी गरिन्छ । तर समिटका हकमा त्यसो गर्नुपरेको थिएन । पाइलटले त्यस्तो कुनै तैनाथी आवश्यक नपर्ने जनाउ पनि टावरलाई गराएका थिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्