मेयरको सय दिन: धरानदेखि दिल्लीसम्म
पाेखरा | भदौ १८, २०७९

पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।
मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुलैफुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ ।
महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए ।
महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण गरेको सार्वजनिक जग्गा तथा घर टहरा हटाएर खाली गरी संरक्षण गरिएको र पोखराको न्युरोडस्थित विवादमा रहेका जग्गा अदालती फैसलाबाट स्वामित्वमा ल्याएको उल्लेख गरे । ‘पोखरामा सार्वजनिक जग्गा तथा घर टहरा खाली गरी संरक्षण र विवाद रहेको जग्गा महानगरको पक्षमा अदालतले फैसला गरेकाले त्यसको संरक्षणमा महानगरको लागेको छ’ मेयर आचार्यले भने ।
ल्याण्डफिल समाधानमा धरानदेखि दिल्लीसम्म
पोखरा महानगरले ल्याण्डफिल्ड साइटको समाधान खोज्न धरानदेखि भारतको दिल्लीसम्म भ्रमण गरेको छ ।
मेयर आचार्यले सार्वजनिक गरेको एकसय दिनको काममा अत्यन्तै चुनौतीको रुपमा रहेको पोखराको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न अवलोकन भ्रमणमा निस्किएको बताए ।
धरानमा संचालनमा रहेको ग्याँस र मल उत्पादन गरिएको वेष्ट टुु इनर्जिको भ्रमण गरि पोखराको फोहोर व्यवस्थापन गर्न आफुुहरुको ध्यान केन्द्रित भएको बताए । धरानमा फोहोरलाई मोहरमा परिवर्तन गरेकाले फोहोरलाई बोझकारुपमा नलिइएको र पोखराको फोहोरलाई ग्याँस मल उत्पादनमा ध्यान केन्द्रित गरेको मेयर आचार्यको भनाई छ ।
उनले फोहोर व्यवस्थापन गर्न भारतको राजधानी दिल्लीमा ल्याण्डफिल्ड साइटको समेत आवश्यक नपर्ने गरी फोहोर मैला सम्बन्धी परियोजनाहरुको अध्ययन तथा अवलोकन गरेको जानकारी दिए । मेयर आचार्यका अनुसार दिल्लीमा फोहोरबाट बिजुली निकालिएको भन्दै आफुहरुले धरान वा दिल्लीको कहाँको व्यवस्थापन प्रयोग गर्ने भन्ने अध्ययन गरिरहेको उल्लेख गरे ।
महानगरको मातृशिशुु होस्टल संचालन
पोखरा महागनरले मातृशिशु होस्टल संचालनमा ल्याएको छ ।
महानगरले मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती तथा सुुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल (होस्टल) संचालनको प्रक्रियाको शुुभारम्भ गरिएको मेयर धनराज आचार्यले बताए ।
उनले भने ‘बच्चा जन्मेको २८ दिन भित्र नवजात शिशुको मृत्यु हुने सम्भावना भएकाले महानगरले ५० बेडको विश्रामस्थल (होस्टल) संचालन गरिएको हो ।’
सयदिनको विस्तृत पूर्णपाठः
मुस्ताङ: उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० कर...
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...