व्यावसायीको आवाज : ‘अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित’
पाेखरा | भदौ १७, २०७९
पोखरा ः पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको एक व्यावसायीले बताएका छन् ।
चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यावसायी रामचन्द्र तिमिल्सिना युवा र सक्षम टिमको जीत पक्का रहेको सुनाए । टोपी बाजीको कपडाका सञ्चालक तिमिल्सिनाले युवा नेतृत्व आजको आवश्यकता रहेको बताए । नयाँ जोस र जाँगरका साथ चुनावमा होमिएको टिमलाई व्यावसायीहरुले जिताउनेमा उनी विश्वस्त छन् ।
‘एउटा युवामा हुनुपर्ने जोस जाँगर उहाँले देखाउनुभएको छ त्यसैले उहाँलाई पोखराका व्यासायीहरुले विजयी गरानुहुन्छ,’ उनले भने, ‘प्रक्रियाले मात्र २५ गतेसम्म कुर्ने हो तर उहाँलाई हामीले बिजयी भएको ठानीसकेका छौ ।’ उनले आफ्नै पसलबाट टोपी झिकेर पदाधिकारीहरुलाई लगाइदिएर शुभकामना पनि दिन भ्याए ।
साँघुमुखभन्दा पहिलो टोली विशालबजार पुगेको थियो । विशाल बजारमा झनै अर्जुन प्यानलको माहोल उत्कृष्ट थियो । आफूहरुको समस्या अर्जुन पोखरेल प्यानललाई जिताएमा समाधान गर्न सक्ने भन्दै उनीहरुले अभियान मै साथ दिएका थिए । सिंगापुर इन्टरप्राइजेजका सञ्चालक थम्मनसिंह गुरुङले अर्जुन प्यानलले बनाएको घोषणा पत्रमा भएका प्रतिवद्धताहरु निकै महत्वपूर्ण र समय सान्दर्भिक भएकाले साथ दिने बताए ।
ट्वीन्स कलेक्सनका सञ्चालक मनोहरी पौडेलले सक्षम र जुझारु नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताए । काम गर्न सक्ने खुबी भएका व्याक्तिहरुको टिमको विकल्प नभएको उनको भनाई थियो । आफू मात्र नभएर विशाल बजारभित्रका अधिकांस व्यावसायी अर्जुन पोखरेल प्यानलको पक्षमा रहेको उनले सुनाए ।
घरदैलो अभियानमा हिँडेको टिम विशालबजार, पालिखेचोक, साँघुमुख, महेन्द्रपुल, नयाँबजार लगायत स्थानमा पुगेर व्यावसायीहरुको समस्या सुन्दै मत मागेका थिए ।
उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

