व्यवसायीको समस्या समाधान र संघको आर्थिक स्रोत बढाउन प्रतिबद्ध पवन प्रजापति समूह

पाेखरा | भदौ १७, २०७९

व्यवसायीको समस्या समाधान र संघको आर्थिक स्रोत बढाउन प्रतिबद्ध पवन प्रजापति समूह

पोखरा :  पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका पवन प्रजापतिले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि आफूले नेतृत्व लिने प्रतिबद्धता जनाएका छन् । लामो ईतिहास र गरिमा बोकेको उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको पीरमर्काको साझेदारी गर्न आफूले उम्मेदवारी दिएको उनले तर्क गरे ।

 

भदौ २४ र २५ गते हुन लागेको संघको महाधिवेशनको सन्दर्भमा आफ्नो प्यानलसहित घरदैलो गरिरहेका प्रजापतिले संघप्रति व्यवसायीको अपनत्व बढाउने काम आफ्नो नेतृत्वको समूहले गर्ने बताए । लामो समयको लकडाउनका कारण व्यवसायीहरु मर्कामा रहेको यथार्थ आफूले बुझेको र व्यवसायीहरुलाई साँच्चै विभिन्न खाले समस्याबाट बाहिर ल्याउन संस्थागत रुपमा गर्नुपर्ने कार्ययोजना आफूसंग रहेको उनले बताए । ुयो समयमा बैंकको ब्याज, घरभाडामा आएको वृद्धि, महंगी र राज्यस्तरबाट विभिन्न वहानामा हुने प्रहारले व्यवसायीहरु खुब समस्यामा छन् । उनले भने,यी सबै समस्याहरुको एकमुस्ट समाधान गर्नका लागि पोखरा उद्योग वाणिज्य संघको नृेतृत्वमा आएपछि मैले संस्थागत रुपमा काम गर्नेछु ।

 

अध्यक्षका प्रत्यासी प्रजापतिले आफू नेतृत्वमा आएसंगै पोखरा उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउन पनि भुमिका खेल्ने बताएका छन् । उनले आर्थिक स्रोत बढाउनका लागि उद्योग वाणिज्य संघको सचिवालयलाई आधुनिक मलको रुपमा विकसित गर्ने, सदस्यता संख्या वृद्धि गर्ने र विभिन्न भगिनी सम्बन्ध भएका संस्थाहरुमार्फत साझेदारीमा सामाजिक क्रियाकलाप गर्ने आफ्ना योजना सुनाए । चिप्लेढुंगास्थित पोखरा ट्रेड मल र न्यूरोड आसपासका व्यवसायीहरुमाझ घरदैलोको क्रममा उनले आफ्ना कार्ययोजनाहरु सुनाएका हुन् ।

 

लामो समयदेखि विभिन्न तहमा रहेर पोखरा उद्योग वाणिज्य संघमा रहेर काम गरिरहँदा आफू व्यवसायीहरुको पीरमर्कासँग नजिकबाट साक्षात्कार गर्न पाएकोले पनि नेतृत्वमा रहेर उनीहरुको समस्यामा समाधान गर्नतर्फ आफ्नो ध्यान बढि जाने प्रजापतिले बताए । उनले नेतृत्वका लागि आफ्नो प्रतिस्पर्धा कसैसँग नभई आफैँसँग भएको बताए । नेतृत्वमा रहेर व्यवसायीको पक्षमा काम गर्नुसँगै लामो समयको ईतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघको गरिमा र प्रभावलाई अझै बढाउनेतर्फ मैले ध्यान केन्द्रित गर्नेछु । उनले भने (ुत्यसैले सम्पूर्ण व्यवसायीहरुलाई म सहित मेरो प्यानलमा रहेका साथीहरुलाई निर्वाचित गराउनका लागि अपील पनि गर्दछु ।

 

अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् । 
 

दमौली:    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...

थप पढ्नुहोस्

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...

थप पढ्नुहोस्