लामाचौर कप: महिला तर्फ नेपाल पुलिस क्लबलाई उपाधि

पाेखरा | भदौ १६, २०७९

लामाचौर कप: महिला तर्फ नेपाल पुलिस क्लबलाई उपाधि

 


पोखरा  । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

 

फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा २५–१७, २५–१७ र २५–१५ मा हराउँदै तेस्रो स्थानको पुरस्कार ५० हजार १११ प्राप्त गरेको छ ।

 

प्रतियोगितामा नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक पुलिसकै रुपेश बिट घोषित हुँदै जनही ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

 

यसैगरी, विधागततर्फकै अन्य पुरस्कारमा उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगती नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढा मगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना बिस्ट, उत्कृष्ट लिब्रो न्यु डायमण्डकी सलिना श्रेष्ठ घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

 


यसैगरी बुधबार भएको पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ सेटमा हराउँदै जित आफ्नो पक्षमा पारेको हो । खेलमा २६–२४, २५–१९, १८–२५ र  २५–१९ ले हराउँदै गण्डकी प्रदेशको टिमसँग भेट सुनिश्चित गरेको हो । बिहीबार पुरुषतर्फको फाइनल खेल बिहान १० बजे पुलिस र गण्डकीबीच खेल हुुने भएपनि वर्षाका कारण खेल हुुन नसकेको आयोजकले जानकारी दिएको छ । 

 

विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने छ ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्