वडा नं १७ का व्यवसायीको आवाज–“यसपालिको मत पवन प्यानललाई”

पाेखरा | भदौ १५, २०७९

वडा नं १७ का व्यवसायीको आवाज–“यसपालिको मत पवन प्यानललाई”


पोखरा । उनकै भाषामा, ८० पुग्न एक वर्ष वाकी, रहेकी गंगादेवी अधिकारीले आर्शिवाद दिदै भनिन् दुई पटक त मैले पनि भोट दिए तिमिलाई अहिले छोराको नाममा सारिदिएकी छु, तर पनि आर्शिवाद छ तिमी आउनै पर्छ । विहानको झुल्के घाम सँगै भोट माग्दै विरौटा चोकमा पुगेको पवन प्रजापतीको प्यानललाई अधिकारी वुलेट टे«डर्सकी संचालक अधिकारीले भनेको शव्द हो यो । उनले भनिन्–“वोलेर वाठो र दौडेर छिटो पुग्ने प्रयास नगर सवै व्यवसायलिाई सम्हालेर काम गर यति हसिलो मान्छेले केहि गर्छौ ।” 

 

गंगादेवी अधिकारीको आर्शिवादसँगै विरौटा मतदाताको घरदैलो गरेको प्रजापती टिमलाई अल्ली पर वडा कार्यालय नजिकै रहेको एस के व्रदर्शका संचालक किरण श्रेष्ठले मत दिने मात्रै होईन आफ्नै सामसुङ्ग व्राण्डको मोवाईलवाट १२ जनालाई फोन गरेर प्रजापती प्यानलाई भोट मागे । उनले भने–“हामी व्यवसायीहरु हाम्रो हितमा आवाज उठाउनेलाइ जिताउने हो । हामीलाई नेता होईन अभिभावक चाहिएको हो ।” विरौटाका एम के विल्डर्सका संचालक मुनाल रानाभाटलाई फोन गर्दै भने–“चिया खायौ ? पवन दाईहरु आउनु भएको छ एक छिन सँगै भोट माग्न हिडौं है ?” 

 

अल्ली पर छोरेपाटनको आरोलो नपुग्दै भेटिन्छ फेवा मिट अर्थात् चीकेन पोइन्ट , यसका संचालक सुर्य वरालले भोट दिने कुरा भन्दा पनि चिया नै खान अनुरोध गर्दै भने–“दाई चुनाव त तपाईले घरमै सुते पनि जित्नुहुन्छ तर पनि राम्रो काम गर्नुहोस् सवै व्यवसायीहरुको अनुभवी र योग्य अनि प्रक्रियागत रुपमा नेतृत्व हस्तान्रण होस् भन्ने चाहना रहेको पनि संचालक वरालको भनाई थियो । विरौटा एरियामा आफै भोट माग्दै वरालले अग्रिम शुभकामना सहित विदाई गरे । 


यी त केहि उधारहण मात्र हुन् चुनावी अभियानका, अधिकतम विरौटा तथा वडा नं १७ का उद्योगी व्यवसायीहरुको एउटै धारणा र यसपालिका भोट पवन प्रजापतिको प्यानललाइ  ।  

 

अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले मत माग्नु भन्दा पनि अव संघलाई कसरी लैजादा राम्रो होला भनेर अभिमत माग्न घरदैलो जरुरी रहेको धारणा राखे । उनले भने–“ चुनाव जित्न मत माग्न भन्दा पनि अव आउने अध्यक्षले कस्ता एजेण्डालाई कार्यन्वयनमा लैजानु पर्ला भन्ने विषयमा अभिमत लिन घरदैलो गरेका हौं ।” 

 

स्थानिय तह निर्वाचनमा वडा नं १७ का नेपाली काँग्रेसवाट वडा अध्यक्षका प्रत्यासी देवराज आचार्यले भने–“व्यवसायीको निर्वाचन भएका कारण मेरो मत काँग्रेस भए पनि सवै व्यवसायीहरुलाई समेटरे लैजाने प्यानललाई हुन्छ , यसमा पवन प्यानलको विकल्प देख्दिन ।” अन्नपुर्ण मेसिनरीका संचालक समेत रहेका आचार्यले व्यवसायीका मर्का वुझ्न सक्ने उम्मेदवारलाई भोट दिन समेत सवै सचेत व्यवसायीहरुलाई अनुरोध गरे । 

 

छोरेपाटन, विरौटा, एयरपोर्ट लगाएतका स्थानका ३५० व्यवसायीहरुको घर र पसलमा समेत अभिमत संकलनमा हिडेको टोलीले सवै खालका व्यवसाय, उमेर समुह र स्थानलाई समेटेर टिम निर्माण गरेको छ । 

 

नेकपा समाजवादीका नेता तथा मेयर धनराज आचार्यका भाई शिवराज आचार्यले सम्पुर्ण टिमलाई खादाले अग्रिम शुभकामना दिदै उनले भने–“म सँग भोट मागेर समय वर्वाद नगर्नुहोस्, अग्रिम वधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई ।” 

 

प्रजापती समुहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित  उपाध्यक्ष वाणिज्यमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेश चन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम, सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन्

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्