नवौं राष्ट्रिय खेलकुदका लागि ३३ खेलस्थल टुङ्गियो: राखेप सदस्य गुरुङ
पाेखरा | भदौ १५, २०७९
पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ३३ वटा खेलको खेल स्थल टुंगो लगाएको छ ।
सोमबार प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति उपसमिति संयोजक राजेश कुमार गुरुङले यस्तो बताएका हुन् ।
उनले प्रतियोगितामा समावेश विभिन्न ३३ वटा खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुंगो लगाइसकेको जानकारी दिए । उनले भने, ‘हामीले हालसम्म नवौं राष्ट्रिय प्रतियोगिताका ३३ वटा खेलको खेलस्थल र अभ्यास मैदानको टुंगो लगाएका छौं । यसमा सदस्य सचिव, टेक्निकल टोली सहित खेल पदाधीकारी बसेर केही दिनमै सार्वजनिक गर्नेछौं ।’
प्याराग्लार्ङडिङका लागि कास्की सहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिसकेका उनले घुमाउरो पारामा प्रतियोगिता पोखरामा नै सञ्चालन हुने संकेत गरे । उनले खेलस्थलको औपचारिक जानकारी भने केही दिनमा पत्रकार सम्मेलनमार्फत दिने बताए ।
उनले प्रतियोगिता सञ्चालका लागि उक्त स्पटमा विभिन्न पूर्वाधारहरुको आवश्यकता रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडी, प्याग्लाईडिङ प्रशिक्षक योगेश भट्टराईलाई आग्रह गरे ।
३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई प्रदेशका ११ वटै जिल्लाको अपन्त्व रहनेगरि सञ्चालनका लागि तयारीलाई अन्तिम चरणमा पुर्याइएको गुरुङले बताए । यद्यपी विभिन्न जिल्लामा खेल पुर्वाधार र प्राविधिक अवरोधका कारण प्रतियोगिताका अधिकांश खेल प्रदेश राजधानी पोखरा केन्द्रित हुन सक्न गुरुङले जानकारी दिए ।
प्याराग्लाइडिङ खेलाडीलाई तयारी स्वरुप राज्यले प्रयाप्त रकम दिन सक्दैन: दवाडी
सरकारले प्याराग्लाईडिङसहित अन्य खेलहरुमा पर्याप्त रकम विनियोजन गर्न नसकेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडीले गुनासो गरेका छन् ।
गण्डकी खेलकुद परिषदका बोर्ड सदस्य बसन्तराज दवाडीले सोमबार खेलस्थल अवलोकन क्रममा पोखराको सराङकोट पुगेर संचारकर्मी माझ सो कुरा बताएका हुन ।
प्याराग्लाइडिङ संघका संस्थापक अध्यक्ष समेत रहेका उनले प्याराग्लाइडिङ मंहगो खेल भएकोले सरकारले प्रयाप्त रकम दिन नसक्ने बताए ।
सरकारलाई प्याराग्लाइडिङ खेल हो भन्ने बुझाउन हामीलाई २० वर्ष लाग्यो । ढिलै भए पनि सरकारले बुझ्यो त्यसमा हामी खुसी छांै । उनले भने ।
राज्यबाट दिने स्रोत नै अपुग भएकोले हामीले खेलाडीलाई पुग्ने रकम दिन नसकिने दवाडीको भनाई रहेको छ ।
प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुन्छ: प्रशिक्षक भट्टराई
प्याराग्लाईडिङ प्रशिक्ष योगेश भट्टराईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।
सराङकोट र तोरीपानीबाट व्यवसायीक प्याराग्लाईडिङ उडान हुँदै आएको पोखरामा टेक्निकल हिसावले पनि प्रतियोगिता सराङकोटबाट सञ्चालन गर्नु उपयुक्त भएको उनले बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताकालागि सराङकोट टेक्निकल तथा खेलाडीको सुरक्षाको लागि पोखरा उपयुक्त रहेको बताए । उनले भने, ‘गण्डकी प्रदेशका अन्य जिल्लामा पनि व्यवसायिक उडान नभएका होइन् तरपनि प्रतियोगिताका एकुररेसी र क्रस कन्ट्रिका लागि आवश्यक टेक्निकल हिसाव र खेलाडीको सुरक्षाका लागि यो भन्दा अर्को विकल्प छ जस्तो लाग्दैन् ।’ उनले भने ।
उनले प्रतियोगितामा खेलाडीहरुले यस अगाडीका विभिन्न प्रतियोगितामा प्राप्त गरेको नतिजा र छनौट चरणमा गरेको प्रर्दशन आधारमा प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीको टुंगो लगाइने जानकारी दिए ।
विभिन्न जिल्लाबाट छनौट भएका प्याराग्लाइडिङ खेलाडीहरुले भदौ १६ गते देखि १८ गते सम्म पोखरामा संचालन हुने प्रदेश स्तरिय छनौटमा सहभागिता जनाउने छन । भट्टराईका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिने छ । महिला तथा पुरुष क्रस कन्ट्रि, महिला तथा पुरुष एकुररेसी इभेन्टस्मा प्रतियोगिता सञ्चालन हुनेछ ।
आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ ।
पोखरा: सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...