पोखराको पुरानो टुडिखेलमा तीज मेला जारी : आज मौलिक तीजगीत प्रतियोगिता

पाेखरा | भदौ १२, २०७९

पोखराको पुरानो टुडिखेलमा तीज मेला जारी : आज मौलिक तीजगीत प्रतियोगिता

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु ऐतिहासिक तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु भएको मेला १६ भदौसम्म संचालन हुनेछ ।

 

नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लिको व्यवस्थापनमा सुरु भएको मेलामा आईतबारदेखि आजदेखि विभिन्न प्रतियोगिताहरु सुरु हुदैछन् ।

 

मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिताहरु हुने छ । 

 

आजदेखि मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता सुरु हुने आयोजक केन्द्रका भानुभक्त अधिकारीले जानकारी दिए ।

 

मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैक तथा वित्तिय संस्था, लत्ताकपडा लगायतका विभिन्न स्टलहरुसगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ ।  साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । 

 

शुक्रबारदेखी सुरु भएको मेलामा शनिवार कृष्ण अखेली, अमर धिताल, सुनीता नेपाली र निशा पोखरेल लगायतका कलाकारहरुले आ-आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । 

 

शनिबार मेलाको करिव ५ हजारको हाराहारीमा दर्शकले अवलोकलन गरेका आयोजक केन्द्रका कार्यसमिति सदस्य दुर्गादत्त भुगाईले जानकारी दिए । 

 

प्रतियोगिताका अलावा आज रामजी खाँड, कृष्ण अखेली, मञ्जु विक, रामजी पौडेल, बिन्द्रा परियार लगायतका कलाकारहरुको  प्रस्तुती रहने छ । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्