पोउवा संघमा चुनावी रौनक सुरु : अर्जुन प्यानलको घरदैलो अभियान
पाेखरा | भदौ १२, २०७९

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो अभियान सुरु गरेका छन् ।
उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए ।
‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो । समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले भने, ‘उद्योग वाणिज्य संघको विरासत कायम गर्दै थप परिस्कृत गर्नका लागि हाम्रो समूह आएको छ ।’
उनले आफ्नो समूहमा लामो समय विभिन्न संघ संस्था र उद्योग वाणिज्य संघमा समेत काम गरिसकेका उम्मेद्वार भएकाले उद्योगीका समस्यासँग नजिक रहेको बताए । ‘समस्या धेरै छन् । सरकारसँग पहल गर्नुपर्नेदेखि हामी भित्रै सम्बोधन गर्नुपर्ने विषय पनि छन्,’ उनी भन्छन्, ‘संघलाई सम्मानित बनाउने र व्यवसायीलाई समुन्नत बनाउन दिनरात खट्ने छौं ।’
पदाधिकारी र सदस्य सहितको उपस्थितिमा भएको घरदैलोका क्रममा उद्योगी व्यवसायीहरुले पोखरेलको समूह सक्रिय युवाहरु सम्मिलित भएकोले भरोसा बढेको प्रतिक्रिया दिए । ‘पहिले पनि सक्रिय युवाहरुलाई हामीले सहयोग गरेका हौं । अहिले पनि युवाहरुको समूहलाई भोट दिन्छौं,’ खसीबजारमा ब्यवसाय गर्दै आएका विष्णुहरी न्यौपानेले भने, ‘अबको पालो युवाको हो । परिवर्तन युवाले नै गर्न सक्छन् । हामी युवाको साथमा छौं ।’ मत माग्न जाने क्रममा उम्मेद्वारसँग मतदाताहरुले आफ्ना समस्या सुनाएका थिए ।
बैंकले ब्याज बढाएको देखि सरकारले बढी कर लिएकोसम्म उनीहरुको गुनासो छ । उम्मेद्वारहरुले कर कम गर्नका लागि अहिले देखि नै पहल भैरहेको र बैंकको ब्याज बढाएको बारेमा समेत ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले वर्षेनी बढ्ने ब्याजलाई निरुत्साहित गर्न सरोकारवालासँग पहल भैरहेको बताए ।
पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउने देखि भवनबाट आम्दानी गर्ने योजना ल्याएको छ । अन्तराष्ट्रिय संघ संस्था र नेपाल मै खुलेका उद्योग र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने, पोखरामा लगानीमैत्री वातावरण सिर्जना गर्ने, सरकार र नागरिकबीचको पुलका रुपमा काम गर्ने लगायत प्रतिबद्धता पोखरेल समूहको छ ।
उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिसकेका छन् । शनिबार चाउथे सहित काहुँखोला, मियाँपाटन, गौंडाको मुख क्षेत्रमा घरदैलो गरिएको महासचिव उम्मेद्वार केशवबहादुर खत्रीले जानकारी दिए ।
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...
ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित क...
सिन्धुली: काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ। शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले...