पोखरामा आयोजित लामाचौर कप भलिबलमा पुलिसको विजयी सुुरुवात, गण्डकी र आर्मीको खेल लाइट प्रोटेस्टका कारण स्थगित
पाेखरा | भदौ ११, २०७९

पोखराको लामाचौरमा आयोजित तीज महोत्सवमा शनिबारदेखि सुरु भएको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मावि प्राङ्गणमा भएको खेलमा पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो । पहिलो सेट २८–३० ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१२, २५–१२ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यस्तै पुरुषतर्फकै विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी भएको थियो । त्यसपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको र आइतबार शुरुदेखि नै खेल हुने आयोजकले जनाएको छ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ टिम अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।
महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।
दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...
काठमाडौँ: नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...