कास्कीबाट एकीकृत समाजवादीका उम्मेदवार सिफारिस

कास्की | भदौ ११, २०७९

कास्कीबाट एकीकृत समाजवादीका उम्मेदवार सिफारिस तस्बिर फाइल

नेकपा (एकीकृत समाजवादी)ले कास्कीका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । 

 

नेकपा(एस)का तीन वटै सङ्घीय/प्रदेश निर्वाचन समन्वय कमिटीको आजको बैठकले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार जिल्ला कमिटीमा सिफारिस गरेर पठाएका हुन् ।

 

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटब्युरो सदस्य श्रीनाथ बराल सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । यस क्षेत्रबाट समानुपातिकमा गजकुमारी गुरुङ, दिलकुमारी पन्त र जैनव खातुन सिफारिस हुनुभयो ।

 

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१) मा मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिसमा पर्नुभएको छ ।

 

यसैगरी प्रदेशसभा १(२)तर्फ प्रत्यक्षमा पूर्ण लामा सर्वसम्मत सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ गजकुमारी गुरुङ, डिकबहादुर राई (डिवी), डिलाराम लामिछाने, तिलबहादुर विक (तिलक) र चन्द्रकिशोर गौतमलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा  तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाता राम आचार्य र शर्मिला पौडेल सिफारिस हुनुभएको पार्टीका जिल्ला उपसचिव पूर्ण लामाले जानकारी दिनुभयो ।

 

प्रदेशसभा २(१) मा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल तथा प्रदेशसभा २(२) मा रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, कृष्ण पराजुली (ढाका मोहन), सुशील बस्नेत, देवेन्द्र बास्तोला,  दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल सिफारिस हुनुभएको सो पार्टीले जनाएको छ ।

 

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्य सिफारिस हुनुभएको छ । प्रदेशसभा ३ (१)मा प्रत्यक्षतर्फ दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमै ९रोशनी० जिल्ला कमिटीमा सिफारिस हुनुभएको छ । 

 

यसैगरी प्रदेशसभा ३(२) मा होमबहादुर नेपाली,  हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, सङ्गीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी उम्मेदवार सिफारिस हुनुभएको छ ।

 

क्षेत्रीय निर्वाचन कमिटीबाट सिफारिस भएर आएका नामलाई जिल्ला कमिटीले थप छलफल गरेर प्रत्येक निर्वाचन क्षेत्रमा चार जनाका दरले प्रदेश कमिटीसमक्ष सिफारिस गर्ने र प्रदेशले रायसहित केन्द्रमा सिफारिस गर्ने जिल्ला उपसचिव लामाले जानकारी दिनुभयो । 

पोखरा:    अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् ।  केन्द्रको टोलीले आइतबार मन्त्रालय ...

थप पढ्नुहोस्

जनकपुरधाम:    बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् ।  जनकपुरधाम उपमहनगरपालिको निर्देशन विपरीत आज नऔँ दिन पनि...

थप पढ्नुहोस्

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । ...

थप पढ्नुहोस्