वडामा पुग्नै सास्ती
बाग्लुङ | भदौ १०, २०७९

मतदानस्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समयपछि बुधबार वडा कार्यालयमा पुग्नुभयो । उहाँलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुई घण्टा समय लाग्यो ।
सवारीको प्रबन्ध नभएकाले उहाँ पैदल नै हिँडेर त्यहाँ पुग्नुभएको थियो । उहाँसँगै सोही गाउँका अन्य महिला पनि आयोजित एकीकृत शिविरमा वडा कार्यालय पुगेका थिए । वडा कार्यालय पुगेका टाकुरीबासीलाई वडाको मुकामभन्दा नगरपालिकाको मुकाम नजिक पर्छ । बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भएकाले उनीहरु पालिका मुकाम ४५ मिनेटमा नै पुग्छन् । तर सबै काम वडा कार्यालयसँग जोडिने भएकाले उकालो नहिँडेर सुख छैन ।
साविक अमलाचौर गाउँविकास समितिको वडा नं. २, ८ र ९ का गाउँहरुका लागि वडा कार्यालय अपायकमा पर्छ । अपायकमा वडा कार्यालय हुँदा आफूहरुले सास्ती खेप्नुपरेको पौडेलले बताउनुभयो । टाकुरी, सरंगेलगायतका गाउँका लागि वडा कार्यालयले सेवा केन्द्र सञ्चालन गरेरै भए पनि नजिकैबाट सेवा दिनुपर्ने उनीहरुको माग छ । “अहिलेको जमानामा पनि सजिलो सडक छैन, पैदल हिँडेर यतिका लामो सयमा वडा कार्यालय पुगिन्छ”, पौडेल भन्नुहुन्छ, “हामीलाई बरु वडा नं १४ नजिक पर्छ, जैमिनी नगरपालिकाका वडा कार्यालयभन्दा हाम्रो वडा कार्यालय पुग्न समय धेरै लाग्छ ।”
बागलुङ नगरपालिकाले आयोजना गरेको एकीकृत सेवा प्रवाह शिविरमा गाउँको योजना सम्झौताका लागि उनीहरु त्यहाँ पुगेका थिए । शिविरमा पुगेर योजना सम्झौता गर्दाभन्दा नगरपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्न सहज रहेको उनीहरुले बताए । “हामीलाई सेवा लिन सदरमुकाम पुग्न बरु सडक र सवारी दुवै हिसाबले सहज छ”, सरंगेकी सरस्वती पौडेलले भन्नुभयो “वडा कार्यालय नआई सिधै नगरपालिका गएर मात्रै काम बन्दैन । हरेक काममा वडाको सिफारिस चाहिन्छ ।”
राज्यको पुनःसंरचना गर्ने बेला भूगोलको अवस्था हेरेर पुनःसंरचना हुन नसकेका कारण टाकुरी र सरंगेलगायतका गाउँका सर्वसाधारणले दुःख पाउनुपरेको स्थानीयवासी यदुनाथ पौडेलले बताउनुभयो । त्यहाँका सर्वसाधारणले वडा कार्यालय पुग्नका लागि सिधा सडक सञ्जाल सहज नभएकाले वडा नं १३ को पैञ्युपाटा वा जैमिनी नगरपालिकाको कुश्मीशेरा हुँदै घुम्नुपर्ने बाध्यता छ । घुमेरै वडा कार्यालय पुग्न रिजर्भ नगरेसम्म सवारी नपाइने पौडेल बताउनुहुन्छ ।
ससाना सिफारिसका काम, योजनाका काम र वडास्तरमा हुने विभिन्न शिविर तथा कार्यक्रममा सहभागी हुनसमेत नसकेको महिलाको गुनासो थियो । “आज नगरले शिविर चलाएको छ, कसैको स्वास्थ्य परीक्षण भएको छ, कसैले योजना सम्झौता गरेका छन् तर हाम्रो गाउँबाट हामीबाहेक कोही आएनन्”, जुनादेवी भन्नुहुन्छ, “एकल सरो महिला यहाँ आए घर डुब्छ, घरैबसे यहाँ छुट्छ ।”
वडा कार्यालयले भने तत्कालै सेवा केन्द्र सञ्चालनको विषयमा कुनै योजना नरहेको जनाएको छ । ‘उहाँहरुलाई अपायक भएको कुरा जायज हो, समस्या धेरै छन्’ वडा अध्यक्ष कोपिलामणि शर्माले भन्नुभयो, “म जनताको गुनासो कार्यपालिकामा राख्छु, अन्य वडामा पनि यस्ता समस्या छन्, सम्बोधन भयो भने निकै सजिलो हुन्छ ।” आधारभूत तहको सेवाका लागि घण्टौँ लगाएर वडा कार्यालय पुग्नुपर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएका बढी प्रभावित हुने गरेका छन् । राज्य पुनःसंरचनापछि अपायक क्षेत्र जोडेर सहज बनाउने नीति भएपछि व्यवहारमा भने कार्यान्वयन भएको छैन । त्यसैले केही वडा टुक्र्याए पनि कतिपय स्थानमा अझै समस्या छ ।RSS
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...