निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति क्रियाशील हुनु: महासचिव गुरुङ
पाेखरा | भदौ १०, २०७९
तस्बिर फाइल
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देव गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिनुभएको छ ।
गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको पोखरामा बसेको संयुक्त बैठकमा उहाँले माओवादीले गरेका राम्रा कामको जनतामा प्रचार नभएको र विरोधीहरुले भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो,“परिर्वतनकारी शक्ति भएको र प्रतिगमनका विरुद्ध मुख्य गरी लडेको शक्ति र यसको नेतृत्वका विरुद्ध जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ, त्यसलाई चिर्ने कोसिस गर्नुहोला । सरकारमा रहँदा माओवादीले गरेका काम जनताको घरदैलोमा पुगेर बुझाउनुहोला ।”
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै उहाँले गठबन्धनका पक्षमा माहोल बनाउन र चुनावी अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो । पार्टीका सचिव एवं शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले वामपन्थी पार्टीहरुमा माओवादी केन्द्र पहिलो बन्ने सम्भावना रहेको बताउनुभयो । माओवादीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले देश र जनताका पक्षमा धेरैनै सकारात्मक काम गरेको उहाँले जिकिर गर्नुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

