समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला  पोखरामा

पाेखरा | भदौ ९, २०७९

समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला  पोखरामा

 

समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला भदौ १० गते पोखरामा हुुने भएको छ । प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति पनि सोही भेलाले तय गर्ने छ । 

 

भदौ मसान्तभित्र देशभरका सबै जिल्लाका सङ्गठनको अधिवशेन सम्पन्न गरिने योजना छ । प्रेस चौतारीबाट अलग भएको सङ्गठनले प्रगतिशील विचार समूहका पत्रकारलाई एकताबद्ध गरी व्यावसायिक पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हकहित तथा अधिकार संरक्षण, साना लगानीका सञ्चार गृहको संरक्षण र पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा सरकारलाई दबाब दिँदै आएको छ ।

 

गतवर्ष भदौ १० गते स्थापना भएको उक्त सङ्गठनले करिब ५० जिल्लामा सञ्जाल विस्तार गर्नाका साथै गत  कात्तिक २७ गते पदाधिकारी तथा संस्थापक सदस्य घोषणा र गत  चैत १२ -१३ मा केन्द्रीय कमिटीको विस्तारित भेला सम्पन्न गरेको छ । प्रथम राष्ट्रिय अधिवेशनको तयारीमा रहेको सङ्गठनले मधेश प्रदेशको अधिवेशन पनि  हालै सम्पन्न गरेको छ । प्रदेशको भेला सम्पन्न गर्ने र प्रतिनिधि चयनको प्रक्रियामा छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको सुरक्षा तथा सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउनाका  साथै व्यवस्थित बनाउन आग्रह गर्दै मुलुकको राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्र, सुशासन तथा पेसागत व्यवसायिकतामा जिम्मेवार भई क्रियाशील हुन आग्रह गर्नुभयो । 


यसैबीच उहाँले सङ्गठनको पहिलो स्थापना दिवसका अबसरमा देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना पनि व्यक्त गर्नुुभएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्