ऐनकुमारलाई हराउँदै पृथ्वी राजमार्ग बस संचालक समितिमा दोहोरिए योगेन्द्र

पाेखरा | भदौ ८, २०७९

ऐनकुमारलाई हराउँदै पृथ्वी राजमार्ग बस संचालक समितिमा दोहोरिए योगेन्द्र

 

पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा योगेन्द्रबहादुर केसी दोहोरिएका छन् । 

 

अध्यक्षका प्रत्यासी ऐनकुमार साईलाई ४ सय ७२ मतले पराजित गर्दै केसी दोस्रो कार्यकालका लागि पुनः पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा निर्वाचित हुदैँ दोहोरिएका हुन् । 

 

अध्यक्षमा निर्वाचित केसीले ७ सय ६२ मत प्राप्त गरेका छन्  । प्रतिस्पर्धी ऐनकुमार साईले २ सय ९० मत प्राप्त गर्दा धर्मराज अर्यालले ५६ मत प्राप्त गरेका छन् ।


सञ्चालकहरुमा जयप्रसाद शर्मा (६२९) बाबुराम दवाडी (६२५), अशोक कुमार चौधरी (५९९), जसबहादुर गुरुङ (५९९), काशीशर्मा न्यौपाने (रामु) (५७८), मेखराज त्रिपाठी (५६२), ज्ञानबहादुर केसी )५१७), भरतकुमार मल्ल (५०४), कृष्णबहादुर बल्छौडी (४९४), रमेश कुमार श्रेष्ठ (३९९) मत ल्याएर विजयी भएका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्