क्व्होलासोंथरस्थित रुदिखोला हाइड्रोपावरको सामान चोर्ने ९ पक्राउ
काठमाडाैं | बैशाख १९, २०७९

लमजुङ, बैशाख १६ गते । लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५ स्थित रुदीखोला जलविद्युत आयोजना ‘बि’ क्षेत्रबाट हेडरेस पाइपहरु चोरी गर्न लागेको अवस्थामा सात जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले बैशाख ९ गते दिउँसो १ बजेको समयमा समूहलाई पक्राउ गरेको हो ।
चोरी गर्ने कार्यमा संलग्न भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ बर्षीय नरेशकुमार शाह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ बर्षीय रुपेश शाह, तनहुँको म्याग्दी नगरपालिका वडा नं. ४ का ३३ बर्षीय तारा गुरुङ, धादिङको सिद्धलेख गाउँपालिका वडा नं. ५ का ४८ बर्षीय मनोज भन्ने मंगले घले, तनहुँको भिमाद नगरपालिका वडा नं. २ का ३० बर्षीय मनोज थापा, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ५ का २४ बर्षीय मनिष पुर्जा र भानु नगरपालिका वडा नं. १३ का धनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध अनुसन्धान गर्दै जाँदा उक्त आयोजनाबाट चोरी हुनुमा आयोजनाकै सवारी चालक पर्वतको कुस्मा नगरपालिकाका ४६ बर्षीय आकाश भन्ने दिलबहादुर घर्तीको संलग्नतामा चोरी भएको खुल्न आएको प्रहरीले जनाएको छ । दिलबहादुर घर्तीसहित सोही घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा बस्ने ५० बर्षीय पन्नालाल शाहलाई भने बैशाख १४ गते बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक, सूचना अधिकारी जगदिश रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार अनुसन्धानबाट भारत घर भई हाल पोखरा रत्नचोकस्थित रहेको कवाडीमा काम गर्ने नरेशकुमार शाहले आयोजनाका फलामको पाईपहरु काट्नको लागि पोखराबाटै ट्रकसहित पाईप काट्ने उपकरण ल्याएको खुलेको छ । उनीहरुलाई उक्त ट्रक तथा फलाम काट्ने उपकरण सहित पक्राउ गरिएको हो । उनीहरुले चोरी गर्नको लागि आयोजनामा फलामको पाईपहरु ग्यास कटिङद्धारा काट्दै गरेको अबस्थामा फेला परेको हो । सामान चोरी गरी लैजान नसकेको प्रतिवादीहरु विरुद्ध चोरी उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...