पाल्पाको दान्सिँघामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
पुरुषतर्फकाे उपाधि राशी ४० हजार
पाल्पा | असोज २१, २०८३
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्ष दुर्गा बहादुर बरालले खेल कात्तिक ९ गतेदेखि सुरु हुने जानकारी दिए ।
उनका अनुसार कानुङ प्राविको खेलमैदानमा हुने सो प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगदरु ४० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै द्वितीय हुनेले नगद रु ३० हजार, तृतीय हुनेले नगद रु १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ६ हजार हात पार्नेछ ।
टिम दर्ता भने ४ हजार रुपैयाँ निर्धारण गरिएको अध्यक्ष बरालले बताए ।
यस्तै महिलातर्फ प्रथम हुने टोलीलाई नगद रु १३ हजार, द्वितीय हुनेलाई ९ हजार र तृतीयलाई ६ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक मदन बरालले जानकारी दिए ।
उनका अनुसर टिम दर्ता शुल्क ७ सय ५५ रुपैयाँ तोकिएको छ ।
प्रतियोगितामा सहभागी जनाउनका लागि कात्तिक ७ र ८ गते भित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

