पाल्पामा जीप दुर्घटना हुँदा अनसराकाे मृत्यु, पाँच जना घाइते
पाल्पा | असोज ४, २०८३
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बुटवलबाट यात्रु लिएर पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवातर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आइतबार दिउँसो साढे ३ बजे तानसेन नगरपालिका–८ भोलेबासमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी खाम्चाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
दुर्घटनामा खाम्चासहित ६ जना घाइते भएका थिए । दुर्घटनामा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २९ वर्षीय चालक नरबहादुर राना, सोही ठाउँका ५६ वर्षीय कृष्णबहादुर मगर, पूर्वखोला–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवती टोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनका ७ वर्षीय छोरा साहिर सारु र ५ वर्षीया सायरा खाम्चा घाइते भएका छन् ।
घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त गाडी सडकबाट अन्दाजी २० मिटर तल खोलामा खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्य...

