पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
पाेखरा | जेठ १०, २०८३
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।
पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनिएका हुन् ।
सो कार्यसमितिको उपाध्यक्षमा विष्णु गुरुङ निर्वाचित भए ।
यस्तै सचिवमा दिलु लामा मोक्तान दोहोरिएकी छिन् । भने, सह–सचिवमा बबिता कार्की र कोषाध्यक्षमा भोजबहादुर गुरुङ (भोज गुरुङ) चुनिए ।
कार्यसमिति सदस्यहरूमा प्रकाश गुरुङ, मन बहादुर गुरुङ र अमिर शर्मा चयन भए ।
जिवन गुरुङको नेतृत्वमा गठित ११ सदस्यीय कार्यसमितिमा ३ जनालाई भने बैठकबाट मनोनित गरिनेछ ।
नवनिर्वाचित अध्यक्ष गुरुङले पोखरा क्षेत्रका लोक दोहोरी रेस्टुरेन्ट व्यवसायीहरू तथा सम्पूर्ण कलाकारहरुको हकहितको पक्षमा काम गर्दै आएको स्परण गराउँदै पुनः संस्थालाई सकरात्मक बाटोमा डोर्याउने प्रतिबद्धता जनाएका थिए ।
नवनिर्वाचित नेतृत्वले कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्ताएको रात्रिकालीन दोहोरी व्यवसायलाई थप चलायमान बनाउनुका साथै लोक संस्कृतिको जगेर्ना गर्न सघाउ पुर्याउने व्यवसायीहरूको अपेक्षा छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

