४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
मुख्यमन्त्रीले गरे उद्घाटन
पाेखरा | बैशाख १३, २०८३
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरेका हुन् ।
उनले सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको उपचारमा सघाउ पुग्ने उल्लेख गरे । उक्त अस्पतालले अन्य अस्पतालहरुसँग सहकार्य गरेर विशेषज्ञ सेवा दिनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले प्रदेशको बजेटमध्ये हरेक आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउदै आएको बताए ।
उनले प्रदेश स्थापना भएयता ३४ वटा प्रहरी युनिटको भवन निर्माण सम्पन्न गरी सकेको बताउदै १ वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
मुख्यमन्त्री पाण्डेले प्रहरीको समायोजन हुन नसकेको बताउदै केही प्रशासनिक त्रुटीहरु देखिएको स्मरण गरे ।
उनले प्रहरी तथा प्रदेश सरकारको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउनका लागि संविधानको मर्म अनुसार प्रहरी समायोजन अपरिहार्य रहेको बताएका थिए ।
मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका प्रदेश प्रहरी अस्पतालको भवन ५ तले बन्नेछ । यद्यपी अहिले भने भ्याटसहित कुल ४ करोड ८४ लाख ९६ हजार १ सय ४७ रुपैयाँमा २ तले भवन निर्माण भएको छ ।
निर्माणको जिम्मा पाएको काभ्रेको एनसी निर्माण सेवाले २०८१ साल असार २० गते सम्झौता गर्दै निर्माणको काम अघि बढाएको थियो ।
त्यसपछि उक्त निर्माण कम्पनीले तोकेकै अवधिमा निर्माण सम्पन्न गरेको हो ।
नवनिर्मित सो भवनको पहिलो तलामा इमर्जेन्सी, दर्ता चलानी, ४ वटा ओपिडी, फार्मेसी, ओपिडी, ल्याब र ओटी रुम रहेको छ ।
यस्तै दोस्रो तलामा नर्सिङ स्टेसन, कार्यालय प्रमुख कक्ष, अल्ट्रासाउण्ड रुम, वार्ड रुम, चेन्जिङ रुमसहित आधुनिक शौचालय रहेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

