आयोजक आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश
दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्ने छन्
पाेखरा | फागुन २, २०८२
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
यसअघि पुलिस क्लबका राम वाजीले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरे । पुलिस क्लबले पाएको कर्नर किकलाई हेडिङ गर्दै वाजीले पहिलो गोल गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस क्बलले केही राम्रा मुभ बनाएपनि सहारा क्लबका डिफेन्डर रन्दीप पौडेल बाधक बने । उनले दुइपटक गोललाइनबाट बललाई फर्काइदिए ।
१ गोलले पछि परेको सहारा क्लबले खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत बललाई जाली चुमाए ।
पुलिस क्लबका भक्तजंग खड्काले डिबक्समा मुकुन्दकुमार निउरेलाई लडाएपछि आयोजक सहारा क्लबले पेनाल्टी प्राप्त गरेको थियो । सोही पेनाल्टीको मौकालाई सहारा क्लबका मुकुन्दकुमार निउरेले गोलमा परिणत गरे र खेललाई बराबरीमा फर्काए ।
त्यसपछि खेल झनै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल हुन नसकेपछि खेल पेनाटी सुटआउटमा धकेलिएको थियो ।
सो खेलबाट सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्नेछन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

