कस्केली अधिकृत समाजको साधारणसभा तथा अधिवेशन सम्पन्न

पाेखरा | माघ १०, २०८२

कस्केली अधिकृत समाजको साधारणसभा तथा अधिवेशन सम्पन्न

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।
    

कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्नुभयो ।
    

कार्यक्रममा अध्यक्ष  नेपालले समाजका माध्यमबाट कास्की जिल्ला मात्र नभै समग्र गण्डकी प्रदेशलाई नेतृत्व गर्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो । समाजको महिमा र गरिमालाई उचो बनाउनका लागि लाग्न आग्रह गर्दै उहाँले सुशासनसँगै सभ्य समाज निर्माणमा यसको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । 
    

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.भरतबहादुर खत्रीले मानव जीवनमा निरन्तरको कृयाशिलता आवश्यक हुनेमा जोड दिनुुभयो । समाजमा नैतिकता हराउँदै गएको बताउँदै उहाँले नैतिक शिक्षा अपरिहार्य भएको बताउनुभयो ।
    

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले निजामति सेवासँगै सरकारका सार्वजनिक संस्थान, समिति आदिको प्रतिनिधित्व भएको अधिकृत समाज आँफैंमा बुहुआयामिक रहेको धारणा राख्नुभयो ।
    

अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष लोकनाथ दवाडी गर्नुुभएको थियो भने कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी च्याप्टरका महासचिव असफल गौतम, पूर्व कर्मचारी परिषद् गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यप्रसाद बराल लगायतले समाजका माध्यमबाट जिल्लाको समृद्धि र विकासमा महत्वपूर्ण योगदान गर्न सकिने धारणा राख्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसी, सदस्य बसन्त चालिसेले कविता वाचन गर्नुभएको थियो ।
    

कार्यक्रमकै अवसरमा समाजद्वारा प्रकाशित पुस्तक ‘अधिकृत आवाज अङ्क ११’ को लोकर्पण गरिएको थियो । पुस्तकका सम्बन्धमा प्रा.डा. राजेन्द्र चापगाइँ(आहात)ले समालोचना गर्नुभएको थियो । 
    

उक्त अवसरमा समाजका संस्थापकद्वय तदर्थ समितिका अध्यक्ष शिवप्रसाद पराजुली र पहिलो कार्यसमितिका अध्यक्ष सिडिई कृष्णकान्त सिग्देललाई सम्मान गरिएको थियो भने कार्यसमितिको उत्कृष्ट पदाधिकारी मध्येबाट महेश पौडेललाई सम्मान गरिएको थियो ।
    

अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
    

समाजको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सहसचिवमा वासुदेव पौडेल र कोषाध्यक्षमा शीला बराल सापकोटा निर्वाचित बन्नुभएको छ ।
    

त्यस्तै समितिका सदस्यहरूमा अनिलकुमार शाही, सुमित्रा मल्ल (उदास), मैया पराजुुली, बसन्त चालिसे, चन्द्रवती अधिकारी(वाग्ले), अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कंडेल रहनुुभएको छ ।
    

अधिवेशनका लागि दुुर्गाबहादुर शाह‘बाबा’को संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, देवेन्द्र केसी र विश्वनाथ पराजुली रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
    

निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दुुर्गाबहादुर शाह(बाबा)ले पद तथा गोपनीयता सपथ ग्रहण गराउनुुभएको थियो ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्