पीएम कप: लेखनाथ र अरण्यज्योति विजयी

पाेखरा | माघ १०, २०८२

पीएम कप:  लेखनाथ र अरण्यज्योति विजयी

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । 


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेखनाथले गण्डकी स्पोट्र्स क्लबलाई ४८ रनले हराएको छ भने अरण्यज्योतिले एभरेष्टलाई १९३ रनले हराएको छ ।  

 
लेखथनामा लेखनाथ क्रिकेट क्बलले गण्डकी स्पोट्र्स क्लबलाई हराएको हो । १९१ रनको विजयी लक्ष्य पाएको गण्डकी ४१ ओभरमा १३७ रन बनाउँदै अलआउट हुन पुग्यो । गण्डकीका लागि सौरभ शर्माले अर्धतकीय पारी खेलेपनि जितका लागि पर्याप्त रहेन । उनले ५६ रन बनाए । यस्तै विवेक अधिकारीले १७ र सम्राट अधिकारीले १५ रन बनाए । 


लेखनाथका लागि सुवाष वास्तोला, सुशिल सुवेदी र साजन क्षेत्रीले समान २÷२ विकेट लिए । 


त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लेखनाथले ४२.५ ओभरमा अलआउट हुँदै १९० रन बनायो । लेखनाथका लागि राजकुमार छन्त्यालले अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ५७ रन बनाए । देव यादवले २४ तथा सुवाष वास्तोलाले १८ रन बनाए । 


गण्डकीका लागि दीक्ष्यन अर्याल र अनिष पोखरेलले ३÷३ विकेट लिए भने हिमाल आचार्यले २ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच लेखनाथका राजकुमार छन्त्याल घोषित भए । 


यस्तै शनिबार नै भएको अर्को खेलमा अरण्यज्योति क्रिकेट क्बलले एभरेष्ट क्रिकेट क्लबलाई १९३ रनले हराएको छ । २५३ रनको विजयी लक्ष्य पाएको एभरेष्ट ३६ ओभरमा १५९ रनमा अलआउट हुन पुग्यो । एभरेष्टका लागि कमल थापाले ३७, समिर आलमले १९ र सचिन कडेलले १८ रन बनाए । 


अरण्यज्योतिका लागि आकाश वोगटीले ३ तथा अभिषेक भुजेल र सफल थापाले समान २÷२ विकेट लिए । 


त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको अरण्यज्योतिले ४७.४ ओभरमा ३५२ रन बनाउदै अलआउट हुन पुग्यो । अंकित गजुरेलले शतकीय पारी खेले । उनले ८३ बलमा ११० रन बनाए । विमोचन सापकोटाले ६५ तथा प्रदिप पौडेलले ४८ रन बनाए । एभरेष्टका लागि सिजन पौडेलले ४ विकेट लिए भने युवराज ठाकुरले ३ तथा शिवकुमार महतोले २ विकेट लिए । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्