नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित
काठमाडाैं | माघ १०, २०८२
काठमाडौं: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ ।
महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो ।
टस जितेर सुरुमा बलिङ गरेको नेपालले जिम्बाबेलाई १२९ रनमा रोेकेको थियो ।सुरुमा ब्याटिङ गरेको जिम्बाब्बेका लागि केलिस नोड्लोभुले अविजित ५२ रन बनाउनुभयो ।
जिम्बाबेलाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले खेलको पहिलो ओभरमा विकेट हात पर्नुभयो । कविताले बिम्बाबेकी ओपनर चिपो ट्रिपानोलाई बोल्ड गर्नुभएको हो । नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले एकएक विकेट लिनुभयो ।
१३० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाउनुभयो । ५० बलको सामना गर्नुभएकी पूजाले चार चौका र दुई छक्काको मद्दतमा ५२ रन जोड्नुभयो । चार विकेट गुमाएको नेपालले १९ ओभर तीन बलमा १३३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो । यो जितसँगै विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने नेपालको झिनो आशा बाँकी नै छ ।
घरेलु मैदानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटमा यसअघिका दुई नेपालले गुमाइसकेको छ । पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित हुन पुगेको थियो ।
अब नेपालले लिगको अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्दैछ । उक्त खेलको नतिजाले नेपालको सुपर सिक्स यात्रा तय गर्नेछ । चार वटा खेल खेलिसकेको जिम्बाब्बे सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

